शिक्षामन्त्री पौडेल फ्रान्स प्रस्थान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति ८ः२५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन्।

१९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोको लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उहाँले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुािक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने छन्। शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *