काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १० हजार २ सय २९ पिसिआर परीक्षण गर्दा ३ सय ३४ महिला तथा ५ सय ९३ पुरुष गरी ९ सय २७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो सँगै संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
यस्तै २४ घण्टामा १ सय ६९ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार २ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर १६ हजार १९ सक्रीय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
१२ जनाको मृत्यु
४ जना महिला तथा ८ जना पुरुष गरी २४ घण्टामा नेपाल मा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ का २ तथा भक्तपुर र मकवानपुरका १/१ जना महिला तथा उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।
