अरबपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ । अरबपति भनेर चिनिएका उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार बिहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको जानकारी चौधरीले दिएका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *