आज नेपाल र इन्डोनेसिया भिड्दै

काठमाडौं । एएफसी यु-२३ एसिया कप छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले आज इन्डोनेसिया यु-२३ को सामना गर्दैछ । ताजिकिस्तानस्थित गासर सेन्ट्रल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरु हुनेछ ।

नेपालले छनोट खेल खेल्नुअघि तयारीको लागि इन्डोनेसियासँग खेल्न लागेको हो । टोलीलाई मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रशिक्षण दिइराखेका छ । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागिता जनाएका ५ खेलाडीसहित २३ सदस्यीय टोली मंगलबारनै ताजकिस्तान प्रस्थान गरेको हो । आयोजक ताजिकिस्तानसँगै नेपाल, इरान र लेबानोन छनोटको समूह ‘बी’मा रहेको छ । नेपालले छनोटको पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।

दोस्रो खेल अक्टोबर २८ मा आयोजक ताजिकिस्तानसँग खेल्नेछ भने अक्टोबर ३१ मा लेबानोनसँग खेल्दै छनोटको अन्त्य गर्नेछ । सबै खेल डुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुनेछ । तुलात्मक रुपमा नेपाल भन्दा अन्य टोली बलिया भएपनि नेपाल सकारात्मक नतिजाको अपेक्षामा रहनेछ ।

छनोटमा कुल ११ समूह रहेका छन् । हरेक समूहको शिर्ष स्थानमा रहने टोली सिधै एसिया कपको लागि छनोट हुनेछन् । यस्तै दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोलीलेपनि एसिया कपमा स्थान बनाउनेछ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *