प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । अहिले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आजको बैठकमा सरकारले निजामती सेवा विधेयक २०७५ फिर्ता लिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले राष्ट्रिय सभामा उत्पति भै प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *