घटस्थापनाको उत्तम साइत ११:४६ बजे

काठमाडौं ।

दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन, विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापनाको शुभ साइत अहिले विहान ११ः४६ बजे परेको छ । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ ।

जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । आजबाट हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ ।

आजै काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा र गोरखाको ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघर लगायत देशभरका विभिन्न शक्तिपिठहरुमा विधिपूर्वक जमरा राख्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *