प्रदेश सरकार निकम्मा, भाडा समायोजन नगर्दा यातायात व्यवसायीको बिजोग छः सिटौला

काठमाडौं। यातायात व्यवसायी राष्ट्रिय महासंघका नेता सरोज सिटौलाले संघीय सरकारले गरेको भाडा समायोजनमा प्रदेश सरकार निकम्मा बनेको आरोप लगाएका छन् । कोभिड, वर्षात्का बीच दसैं-तिहारमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउनु चुनौतीपूर्ण भएको उनले बताए ।

सिटौलाले भने, “यातायातको भाडा २०६९ सालदेखिको यथावत् छ । संघीय सरकारले तीन महिना अघि नै २८ प्रतिशत भाडा समायोजन गरे पनि प्रदेश सरकारको निकम्मापनका कारण यातायात व्यवसायी तेल हाल्ने पैसा नभएर गाडी थन्काएर सडकमा आउनुपर्ने स्थिति छ ।”

उनले थपे, “हामी कति पटक हेटौंडा धाइसक्यौं । तर संघीय सरकारले असार २७ गते गरेको वैज्ञानिक अन्तर प्रदेश भाडा समायोजन हुन सकेन । त्यसैले खबरदारी गरिरहेका छौं । लकडाउनले थला परेको यातायात व्यवसाय झन् तहसनहस भएको छ । यातायात व्यवसायी पनि नेपाली नागरिक हुन् । उनीहरु संकटग्रस्त छन् । उनीहरुलाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सिटौलालले कोभिड र वर्षात्का कारण दसैं–तिहारमा यात्रुलाई गन्तव्यसम्म पुर्याउनु चुनौतीपूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *