साहस उर्जाको आईपीओ बाँडफाँडः १७ लाख ३९ हजारको हात खाली

काठमाडौं। साहस उर्जाले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा आज एक कार्यक्रम मार्फत आइपीओ बाँडफाँड भएको हो।

साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।

कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने १११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।

कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *