चट्याङ लागेर नौ जना घाइते

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा चट्याङ लागेर बुधबार नौ जना घाइते भएका छन्। ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाईतमध्ये तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *