खाद्यान्न भनेर मदिरा ओसार्ने एक जना पक्राउ

तनहुँ । निषेधाज्ञाको समयमा तनहुँमा अत्यावश्यक वस्तुको नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट रहेका छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ । खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिएका छन । आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उनले बताए । आज शनिबार परेकाले कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *