स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्याङ्जा फेदीखोला गाउँपालिकाका युवा नेता हिकमतजंग कार्की निर्विरोध सचिव पदमा निर्वाचित भएका छन् ।
गाउँपालिकामा शनिबार भएको अधिवेशननमा कार्की सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् । कलिलै उमेरदेखि राजनीतिमा रुचि राख्ने व्यक्ति मध्येका कार्की ६२/६३ को आन्दोलनमा ८ वर्षको उमेरमै राजतन्त्रको विरोधमा झण्डा बोकेर हिडेका थिए । विस्तारै उनको राजनीतिक चिन्तन बढ्दै गएपछि उनी २०७३ सालमा जनप्रिय क्याम्पसमा पुगेका थिए ।
क्याम्पसमा पुगेपछि उनको राजनीति उचाई झन् अगाडि बढ्यो । जनप्रिय माविको नेविसंघ सचिव हुँदै नेविसंघ स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका तरुण सचिव हुँदै उनको राजनीतिक जीवन अगाडि बढेको छ । सामाजिक काममा सधैँ अग्रसर हुने कार्कीको भाषण गर्ने कलाले पनि सबैलाई मोहित पारेको छ।
