कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति

चितवन । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ‘जिल्ला स्तरीय कोभिड—१९ प्राविधिक समिति’ गठन गरिएको छ ।

जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी रहेका छन ।
त्यस्तै समितिको सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा ।लोकवहादुर सेढाई, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा । श्रीराम तिवारी, वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा । देजकुमार गौतम, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल रहेका छन । यसैगरी भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, नर्सिङ सङ्घ चितवनका अध्यक्ष मायाँ पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा । दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा । प्रिया पाठक सदस्य रहेका छन ।

सदस्य सचिव तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार कोरोनाका बिरामीको उपचारमा आबश्यक प्राविधिक सहयोग गर्नेछ । लक्ष्ण देखिएका बिरामीलाई अस्पतालमा र बाँकीलाई स्थानीय तहको आइसोलेसनमा राख्न आवश्यक प्राविधिक सहयोग समितिले गर्नेछ । मन्त्रालयको निर्देशनानुसार निजी अस्पतालमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीको उपचारका लागि आवश्यक समन्वय पनि समितिले गर्ने सदस्य सचिव तिवारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *