काठमाडौँ । प्रहरीले बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ । शनिबार बिहान महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकमा उक्त रकम बरामद गएिको बारा प्रहरीले जनाएको हो ।
प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालकले झोला फ्याँकेर फरार भएको थिए । बारा प्रहरीका अनुसार रातो जेब्रा झोला खोलेर हेर्दा एक हजारका ७ सय ६२ थान र ५०० दरका १ हजार ६ सय ७६ थान नोट भेटिएको थियो ।
फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको छ । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको दाबी छ ।
