सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीबाट एकमन्त्री र एक राज्यमन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन्।

यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्।

मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन्। भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।

तामाङ एमालेका पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन्। तर तामाङले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि उनलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो।

एकीकृत समाजवादी प्रदेश सभामा ठूलो दल हो। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *