काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि मापदण्डभित्र रहेर नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट अनिवार्य मापदण्डभित्र रहेर नियमित उडान गर्न दिने भएको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा संचार एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जानकारी दिएका छन् । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गर्दै डा खतिवडाले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने बताए । पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने पनि उनले जानकारी दिए ।
