एउटा कोरोना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च, परीक्षणमै सकियाे ३ अर्ब बढी

काठमाडौँ । नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले एउटा संक्रमित पत्ता लगाउन राज्यले १ लाख ४ हजार खर्च गर्नुपरेको बताएका हुन् ।

उनले अहिलेसम्मको ५ लाख ७९ हजार ८ सय ९९ को पीसीआर परीक्षण गरिएको जानकारी दिदैँ ५ हजार ५ सय प्रतिपरीक्षणको दरले हालसम्म परीक्षणमा मात्र ३ अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार ५ सय खर्च भएको जानकारी दिए । उनले ल्याब टेस्टमा मात्र त्यति खर्च भएको बताएका हुन् ।

हालसम्म नेपालमा ३० हजार ४ सय ३८ व्यक्ति संक्रमित भेटिएका छन् । परीक्षणको खर्चको हिसाब गरेर एउटा संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको डा. गौतमले जानकारी दिए । उनले संक्रमण पत्ता लगाइसकेपछिको उपचार झन् खर्चिलो हुने बताए । उनले भने, ‘एउटा व्यक्तिलाई ३० दिनसम्म आइसीयुमा राखियो भने नेपाल सरकारले ४ लाख ५० हजार खर्च गर्नुपर्ने हुन्छ ।’

डा. गौतमले यो सबै प्रक्रिया एकदम खर्चिलो भएकाले सबैलाई घरभित्रै रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *