काठमाडौँ । २ सय ९२ जना महिला तथा ५ सय ४६ जना पुरुष गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय ३८ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १३ हजार ५ सय ७९ पिसिआर परीक्षण गर्दा ८ सय ३८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै २४ घण्टामा २ सय ५० संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौ, मकवानपुर, सप्तरी, मोरङ, पर्सा, बारा, सर्लाहि, ललितपुर, चितवन, दोलखा र प्युठानमा १/१ जना गरी ११ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।
देशभर १२ हजार १ सय ३२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
