काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले डडेल्धुरामा पार्टीको वडा अधिवेशनमा देखिएको विवादबारे शीर्ष नेतृत्व बसेर राजनीतिक निर्णय लिनुपर्ने बताएका छन् । भदौ २५ मा भएको वडा अधिवेशनमा भएका अनियमितताबारे केन्द्रीय निर्वाचन समितिमा कुनै उजुरी नपरेको पनि उनको स्पष्टोक्ति छ ।
केसीले भने, ‘५६ जिल्लामा पार्टीको वडा अधिवेशन गरेपछि ५७ जिल्लाका रुपमा हामीले डडेल्धुरामा निर्वाचन अधिकृत पठायौं । त्यहाँ जिल्ला सभापतिको उजुरी परेको रहेछ । सर्वसम्मत रुपमा कार्यकतालिका प्रकाशित गर्नेबारे हामी गहन छलफल गर्यौं । निर्वाचन अधिकृतले प्रक्रिया बढासकेकाले त्यहाँ ५२ वडामा अधिवेशन भएको हो । यसबारे जे जति विवाद भएको छ, शीर्ष नेतृत्वले विचारले गरेर राजनीतिक निर्णय लिनुपर्छ भन्ने मेरो धारणा छ ।’
अधिवक्ता केसीले द्वन्द्वमा लाने किसिमले कसैले पनि काम गर्नुनहुने औंल्याए । उनले भने, ‘निर्वाचन समितिको आफ्नै सीमा हुन्छ । मतदाता नामावली पाइसकेपछि त्यसभन्दा बाहिर जाने अधिकार हामीलाई छैन । छानबिन समितिले गरेका कामको दायित्व हामीले लिन सक्दैनौं । त्यहाँ के भएको हो रु कति साथी परे, कति परेनन्, भन्ने हाम्रो क्षेत्रात्रिकारमा पर्दैन । हामीले सकेसम्म स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन खोजेका हौं । डडेल्धुराको विवाद ढिला नगरीकन समाधान गर्नुपर्छ ।’
उनले डडेल्धुरामा वडा अधिवेशन भएपछि निर्वाचन समितिमा कतै उजुरी नपरेको पनि बताए । उनले थपे, ूउजुरी नपरीकन हामीले त्यसमा प्रवेश गर्न मिल्दैन । ‘अब निर्वाचन समितिले २० जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्न लागेको उनले बताए । ‘उनले थपे, ‘त्यसपछि असोज ९ गते पालिकाको अधिवेशनको कार्यतालिका आइसकेको छ । अब त्यसमा तलमाथि हुँदैन । हामी पटक पटक तालिका प्रकाशित गर्न सक्दैनौं ।’
सदस्य केसीले क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको मतदाता नामावली आज बेलुकीसम्म दिने पनि जानकारी दिए ।
