परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

गैरआवासीय नेपाली सम्बन्धी नियमवाली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाका प्रमुखको संयोजकत्वमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (कानून सम्बन्धी अधिकारी) र संचार तथा सूचना प्रविधि मन्त्रालय (प्रविधि विज्ञ) प्रतिनिधि रहेको एक अनुगमन समिति गठन गरिएको पत्रमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *