पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

कराची । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।उनीसँगै अरु तीन जनालाई पनि ३४ बर्षअगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुन विपरित गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ्ग जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।

सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाइ दिएको भन्ने दाबी गरिएकाे छ ।सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगिरहेका शरिफलाइ उपचारका लागि लण्डन लान अदालतले अनुमति दिएको थियो । चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म उनी लण्डन नै बसिरहेकाछन । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *