नेपाली कांग्रेसः युवा नेता को कता?

काठमाडौं । सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्।

गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन्।

देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ। पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ। गगन, गुरुराज, डा। मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन्।

विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन्।फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन्। विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा। नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन्।

मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन्। अन्नपूर्ण पोस्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *