राजविराज । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज नगरपालिका ४ का २८ वर्षीय युवक रहेको अस्पतालले जनाकारी दिएको छ ।
सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा भएपछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । धरान लगिएको केहीबेरमै उनको मृत्यु भएको थियो ।