प्रधानमन्त्री ओलीसँग प्याकेजमै सहमति हुँदैछ: प्रचण्ड

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन् ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए ।

एपीवान टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन् ।

उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दल समेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन् । दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं । त्यसकारण अब एक एक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’, उनले भने ।

नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी समितिबाट पारित गर्ने र केन्द्रीय समिति हुँदै महाधिवेशनमा जाने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *