बाढीपीडितलाई तत्काल राहत दिन डा. रावलको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावलले अछामको रामारोशनमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेता रावलले आज बुधबार एक वक्तव्य जारी गर्दै बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

उनले दुःखको घडीमा सबैमा एकजुट भएर उद्धारमा खट्न पनि आह्वान गरेका छन् । विस्थापितहरूलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवम् भौतिक संरचनाको पुनर्निर्माणका लागि तीनै तहका सरकारलाई आग्रह गरेका छन् । कैलाश खोलामा आएको बाढीले रामारोशन–५, सैनी बजारका १७ जनालाई बगाएको छ । अहिलेसम्म ७ जनाको शव भेटिएको उनले वक्तव्य जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *