काबुल विमानस्थलमा फेरि आत्मघाती हमला हुनसक्ने अमेरिकी चेतावनी

अमेरिकाले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत गराएको छ । राष्ट्रपति जो बाइडेनले शनिबार काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका हुन् ।

बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको थियो। बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका छन् ।

आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको छ । समाचार संस्था एपीका अनुसार अमेरिकी दूतावासको उक्त चेतावनीपछि अहिले काबुल विमानस्थलको गेटबाहिर भिड कम हुँदै गएको छ ।

यसअघि बिहीबार साँझ विमानस्थलबाहिर भएका दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो । बिहीबार साँझ भएका बिस्फोटको जिम्मा मुस्लिम अतिवादी संगठन आइएसआइएसकेले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *