चाक्सीबारीमा पौडेल पक्षको बैठक जारी

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ ।

ठमेलचाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा विहान ९ बजेदेखि जारी बैठकमा १४ औं महाधिवेशनबारे छलफल भईरहेको सहभागी एक नेताले जनाका छन् ।

वडा अधिवेशन आउन एक साता मात्रै बाँकी रहेको छ । तर, क्रियाशील सदस्यको नामावली भने अझै टुंगिएको छैन् । बुधबारको बैठक समेत सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय निर्वाचन समितिलाई नबुझाएको बारेमा केन्द्रित रहेको थियो ।

आजको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल, केन्द्रिय सदस्य बल बहादुर केसी, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, केन्द्रिय सदस्य दिलेन्द्र बडु, केन्द्रिय सदस्य डा शेखर कोइराला, तेजुलाल चौधरी, अमर पुन मगर लगायत विभिन्न जिल्लाका जिल्ला सभापतिहरु,जिल्ला स्तरिय नेता कार्यकर्ता लगायत ३०/३५ जनाको सहभागी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *