काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अहिले बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।
अहिले बिहानै देखि राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरु जम्मा भएका छन्।
घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार सांझ आफ्नै निवासमा निधन भएको थियो ।
विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि को रुपमा चिनिएका थिए ।
