धनुषामा बाबु र श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ

जनकपुरधाम । धनुषामा एक युवकले बुबा र श्रीमतीको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफनै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दुबैजनाको शव घर छेउमै गाडेको आशंकामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । स्थानीयका अनुसार भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए ।

त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउमै खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको हो । भागेश्वरले पनि बाबु र श्रीमतीको हत्या गरेर गाडेको बयान प्रहरीलाई दिएको प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

शव गाडेको भन्ने स्थानको उत्खनन कार्य भइरहेको उनले बताए । स्थानीयका अनुसार भागेश्वर एकवर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बाबु र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए।

जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो । त्यसपछि उनले आफ्ना बाबु र श्रीमतीको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *