काठमाडौँ । शुक्रबार एकैदिन ५ सय ९३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ५ सय ९३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।