नेपालको जनसंख्या तीन करोडले नाघ्यो

काठमाडौं । नेपालको जनसंख्या तीन करोड नाघेको छ । जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या ३ करोड नाघेको केन्द्रीय तथ्यांक विभागले शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना जनसंख्या घडीमा देखाइएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँदछ । यसको आधारमा जनगणनाको तथ्याक निकालिन्छ।

जनगणना २०६८ का अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय चार थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारबाट सुरू हुँदैछ ।

जनसंख्याको दैनिक वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । तर जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने भनाइ रहेको छ। ।

लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराई अनुपातमा भने खासै फरक आएको छैन । श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाई जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *