एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । गएराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएसंगै एमालेले स्थायी र संसदीय दलको बैठक बोलाएको हो ।

स्थायी कमिटी बैठक अहिले बिहान ११ बजे र संसदीय दलको बैठक अपरान्ह ३ बजे बस्ने तय भएको छ । स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवनमा र संसदीय दलको बैठक बानेश्वरमा बस्न लागेको हो ।

संसदीय दलको बैठक बोलाउनेबारे सोमबार अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा नेताहरूबीच अनौपचारिक छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *