एक करोड भन्दाबढी रकम हिनामिना गरेको आरोपमा एक जना असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध एक करोड रुपैयाँ भन्दा बढी माग दावी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो ।

असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अनुसन्धान गर्दा उनले विक्री भएको तेलको वास्तविक रकम दाखिल नगरी एक करोड तीन लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले दावी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *