मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको उनको पोष्टर च्यातियो

काठमाडौं। मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ । ३४ वर्षीय मेस्सीलाई बार्सिलोनाले लालिगाको आर्थिक नियमको आधारमा सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको हो ।

मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६ सय ७२ गोल गरेका थिए।जुलाई १ तारिखदेखि नै मेस्सीको बार्सिलोनासँगको सम्झौताको अवधि सकिएपछि उनले भावुक हुँदै बार्सिलोना छाडिसेको छन् ।

एक वर्ष अगाडि मेस्सीले बार्सिलोना क्लबका मालिकहरूलाई फ्याक्समार्फत् आफू हट्न चाहेको जानकारी गराएका थिए ।

मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए। बार्सिलोना छाडेर छोरा र पत्नीसहित पेरीस पुगेका मेस्सीले पीएसजीसँग दुई वर्षे सम्झौता गरिसकेका छन् ।

उनले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *