कोभिसिल्डको दोस्रो खोप आजदेखि

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएका छन् ।

डा गौतमले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने जानकारी दिए। कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमार्डौं जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिए । उनले काठमाडौंमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *