काठमाडौं । बालजुस्थित औधोगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट कारखानामा भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।
गए रातीबाटदेखि सुरु भएको भीषण आगलागी नियन्त्रणका सबै प्रयास जारी रहेपनि अझै आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । राती करीब २ः३० बजेबाट शुरु भएको सो आगलागी विहानसम्म नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको छ ।
आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेक्षतिको विवरण र आगलागीको कारणबारेसमेत जानकारी बाहिर आउन सकेको छैन् ।