काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
काठमाडौं निवासी उनी साउन २० गतेदेखि अस्पतालमा उपचाररत थिए।
यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १०५ पुगेको छ।
