मस्को । भारतका रक्षामन्त्री राजनाथ सिंह बुधबार रुसको राजधानी मस्कोमा आयोजना भएको रुसी विजय दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी भएका छन् ।
रुसी राजधानी मस्कोबाट प्राप्त समाचारमा उनी दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा रुसको राजधानी मस्कोमा आयोजना गरिएको एक प्रकारको विशेष सैनिक परेड कार्यक्रममा सहभागी भए । उनले भारतीय सैनिकसमेत सहभागी रहेको सो विशेष महत्वको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन् ।
यो कार्यक्रम मे ९ तारिखका लागि तय गरिएको थियो । तर विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण एक महिनापछाडिका लागि सारिएको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनले रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल पनि गर्ने भएका छन् ।
सोमबार मस्को पुगेका उनी तीन दिवसीय भ्रमणका क्रममा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता गर्ने पनि उनले जानकारी दिएका छन् ।