टोकियो ओलम्पिकः चीन शीर्ष स्थानमा यथावत

प्रज्जवल थापा

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत रहेको छ । हालसम्म चीन ४६ पदकको साथ शीर्ष स्थानमा रहेको छ ।

चीनले हालसम्म २१ स्वर्ण, १३ रजत र १२ कांस्यसहित ४६ पदक जोडेको छ । यस्तै अमेरिका १७ स्वर्ण, १७ रजत र १३ कास्यसहिर ४७ पदक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आयोजक राष्ट्र जापान १७ स्वर्ण, ५ रजत र ८ कांस्यसहित ३० पदक जोड्दै तेस्रो स्थानमा झर्दा रसियन ओलम्पिक कमिटी चौथो स्थानमा रहेको छ । रसियाले ११ स्वर्ण, १५ रजत र ११ कांस्यसहित ३७ पदक जोडेको छ ।

यस्तै अष्ट्रेलियाले १० स्वर्ण, ३ रजत र १४ कास्यसहित २७ पदक जोड्दै पाँचौ स्थानमा छ । बेलायतले ८ स्वर्ण सहित २८ पदक जित्दा दक्षिण कोरियाले १६ पदक जित्दै सातौं स्थानमा छ । हालसम्म ७६ राष्ट्रले टोकियो ओलम्पिकमा पदकको खाता खोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *