बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गरी सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

