पल र मलिका अभिनित ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन सार्वजनिक

प्रज्जवल थापा । पछिल्लो समयको हिट जोडी पल शाह र मलिका महत अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा ‘तिम्रो मनमा ए कान्छा’ नामक गीतको फिमेल भर्सन आज युट्यूबमा सार्वजनिक भएको छ ।

शानन थापाको निर्देशनमा बनेको गीतमा पल र मलिकाको अभिनय रहेको छ । गीतमा स्वर भने निकिता थापाले दिएकी छन् । यस्तै गीतमा निमा रायाको शब्द र संगीत रहेको छ । पछिल्लो समयमा दर्शकहरुले पल र मलिकाको जोडीलाई निकै रुचाएका छन् । पहिलोपटक यो जोडी ‘फुल बुट्टे सारी’ फिमेल भर्सनको म्यूजिक भिडियोमा सँगै देखिएको थिए ।

पहिलो म्यूजिक भिडियोमै राम्रो चर्चा बटुलेपछि उनीहरुले ‘टाढा भए पनि’ गीतको फिमेल भर्सनमा पनि सँगै अभिनय गरेका थिए । त्यस्तै दुई कलाकारले ‘आँखामा आउने सपनी’ नामक गीतको फिमेल भर्सनमासँगै काम गरेका थिए । सबै गीतले युटुभमा राम्रो भ्युज पाएका छन् ।

पल र मलिकाको जोडीलाई लिएर चलचित्र बनाउन चाहनेको कमी छैन । यी दुई कलाकारलाई केन्द्र मोसन पिक्चर्सले एकसाथ चलचित्र ल्याउने तयारी पनि गरिरहेको छ । पछिल्लो समय यो जोडीलाई लिएर गोपीकृष्ण मुभिजले ‘पर्खी बसे २’ चलचित्र बनाउन लागेको कुरा बजारमा आइरहेको छ । तर हालसम्म यस विषय कुनै आधिकारिक जानकारी भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *