विज्ञापन रद्द भयो तर फिर्ता भएन रकम

काठमाडौं। जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन ।

नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । पछि सो विज्ञापन रद्द गरिएको थियो । रद्द भएको विज्ञापनका लागि निवेदकहरूबाट करिब डेड करोड रुपियाँ सङ्कलन भएको थियो ।

दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो गत वर्ष भदौ २९ गते दरखास्त आह्वान गरिएको थियो ।

अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो । दस्तुरबापत करिब एक करोड ३६ लाख रुपियाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *