नेपाल–भारत संवादहिनता तोडियाे, ओली–मोदी टेलिफोन वार्ता सम्पन्न

काठमाडौँ । नेपाल र भातरबीच संवादहिनता बढ्दै गइरहेको बेला प्रधानमन्त्री के पी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मोदी, भारतीय सरकार र जनतालाई शुभकामना दिएका थिए । जवाफमा प्रधानमन्त्री मोदीले ओलीलाई धन्यावाद दिदैँ उनको स्वास्थ्य अवस्था बारे जिज्ञास राखेका थिए । मोदीले प्रधानमन्त्री ओलीले सञ्चो भयो नि भने सोधेका थिए ।

११ मिनेट लामाे छलफलमा नेपाल र भारतबीच विद्यमान कुनै पनि विवादित विषयमा प्रवेश नगरेको स्रोतले बतायो । यद्यपि नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको विषयमा भने छोटो कुराकानी भएको थियो । दुबै देशका कार्यकारीबीचको फोन सम्वादमा विवादित विषयमा प्रवेश नगरे पनि द्विपक्षीय वार्ताको सुरुवाता भएको स्रोतले बतायो । भारतीय प्रधानमन्त्री माेदीले कोरोना नियन्त्रण र रोकथाममा नेपाललाई सहयोग गर्ने आश्वासन दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले मोदीलाई भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्या चयन भएकोमा बधाइ दिएका थिए ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी गरेपछि भारतसँग संवाद रोकिएको थियो । नेपालको वर्तमान सरकार ढाल्न भारत लागि परेको भन्ने प्रधानमन्त्री ओलीको भनाइबाट असन्तोष रहेको भारत रामको जन्मभूमी भारतमा नभएर नेपालमा भएको भन्ने प्रधानमन्त्री ओलीको विवादास्पद भनाइ सार्वजनिक भएसँगै थप क्रोधित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *