प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता खनालको अपील

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन् ।

दिल्लीको एपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता खनालले आइतबार वक्तव्य जारी गरी विश्वासको मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *