सशस्त्र प्रहरी महानिरीक्षकद्वारा कार्यसम्पादन सम्झौता

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत विभागीय प्रमुख र बाहिनीपतिहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा शुक्रबार महानिरीक्षक खनालले विभागीय प्रमुखहरु एवम् बाहिनीपतिहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।

नेपाल सरकारद्वारा अख्तियार गरिएका नीतिअनुसार सरकारका सम्पूर्ण अंगहरुलाई अझ बढी प्रभावकारी¸ जिम्मेवार¸ जवाफदेही तथा लक्ष्य केन्द्रित बनाउन कार्यालय प्रमुखहरुले तालुक कार्यालय प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने प्रचलन भएअनुरुप यसअघि महानिरीक्षक खनालले गृह सचिव महेश्‍वर न्यौपानेसँग सो सम्झौता गरेका थिए । सो कार्यक्रममा निर्देशन दिदैँ महानिरीक्षक खनालले सांगठनिक लक्ष्य प्राप्‍तिका लागि कार्य योजनाले मार्ग निर्देशन गर्ने भएकोले त्यहीअनुसार आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ भन्‍ने विश्‍वास लिएको बताए ।

यस प्रकारले कार्यसम्पादन सम्झौता विभागीय प्रमुखहरु र बाहिनीपतिहरुको क्षमता र कार्य दक्षताको परीक्षासमेत भएको बताउँदै महानिरीक्षक खनालले सीमा सुरक्षार्थ थप के गर्न सकिन्छ भन्‍ने बारेमा कार्ययोजना बनाउनसमेत निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रत्येक बाहिनीले स्थापना गर्नु पर्ने बि. ओ. पि. समयमानै स्थापना गर्नुपर्ने¸ कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रण गर्न अहोरात्र परिचालित राष्ट्र सेवकहरुको समयमानै अदली(बदली¸ आवश्यक सुरक्षात्मक उपाय अपनाउन तथा मातहत कर्मचारीको गुनासोलाई उचित सम्बोधन गर्न निर्देशन दिए ।कार्यसम्पादन सम्झौताले कर्मचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैव झकझकाउने र यसैलाई आधार मानी कर्मचारीले आफ्नो स्वः मुल्याङ्कनसमेत गर्नसक्ने महानिरीक्षक खनालले बताए ।

सोही अवसरमा संगठनप्रति नेपाल सरकार र नेपाली जनताबाट गरिएको आशा¸ विश्‍वास र भरोसालाई कायम राख्‍न सिमित श्रोत साधनका बावजुद कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा अहोरात्र परिचालित राष्ट्रसेवकहरुको उच्च प्रशंसा गर्दै उनले कार्यसम्पादनको क्रममा देखिएका कमी कमजोरीलाई सच्याउदैँ आगामी दिनमा समेत त्रुटिरहित ढंगबाट तनमन र बचनका साथ अहोरात्र परिचालित भई जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *