काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् ।
मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए । उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
