काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको संवाद सकिएको छ । संवादमा दुबै अध्यक्ष पार्टी विवादलाई समाधानको बाटोमा लैजाने विषयमा सकारात्मक भएको जनाइएको छ ।
लामो समयपछिको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री एव्ं पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको हो । दुई अध्यक्षबीच आज बिहान ११ बजेबाट सुरू छलफल साढे दुई बजेसम्म चलेको थियो ।