व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छः मन्त्री भट्ट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेकोे बताएका छन् । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा मन्त्री भट्टले विपत्तिको समयमा विभिन्न क्षेत्रमा खाद्यान्नलगायत सामग्री पु¥याएर सरकारको सहभागिता जनाउँदै निजी क्षेत्रका व्यवसायीलाई समेत सहयोग गर्नुपर्ने दबाब दिएको बताए ।

उनले खाद्य कम्पनी र नेस्नल टेड्रिङ कम्पनीलाई गाभेर एक बनाइएको भन्दै दुवै कम्पनीका राम्रा कुराको उपयोग गरेर सेवाको गुणस्तरमा ध्यान दिन निर्देशन दिए । “बन्दाबन्दीको समयमा काठमाडौँमा मोबाइल भ्यानमार्फत खाद्यान्नको होम डेलिभरी सेवा शुरु गर्नु आफैँमा राम्रो हो । खाद्यान्नमा मात्र सीमित नभएर नयाँ वस्तु तथा सेवाको निरन्तरता दिनु मुख्य पाटो हो”, उनले भने ।

यसैगरी उद्योग राज्यमन्त्री मोतिलाल दुगाडले बन्दाबन्दीको समयमा मूल्य वृद्धि रोक्नु खाद्यले ठूलो काम गरेको भन्दै निजी क्षेत्रभन्दा अगाडि बढेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । सरकारी भनेपछि उपभोक्तामा छुट्टै छाप बस्ने भन्दै सहुलियत तथा गुणस्तरीय रुपमा सेवा दिनुपर्नेमा उनले जोड दिए ।

एक लाख मेट्रिक टन खाद्यान्न किन्न कम्पनीले चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि एक लाख मेट्रिक टन खाद्यान्न किन्ने योजना बनाएको छ । कोभिडका कारण गत आवका लागि बनाइएको योजना पूरा नभएको भन्दै चालू आवमा रु चार अर्ब बराबरको खाद्यान्न किन्ने योजना बनाएको कम्पनीका सहायक प्रबन्ध निर्देशक मणिराज खनालले जानकारी दिए । साठी हजार धान, २५ हजार चामल, पाँच हजार गहुँ, दुई सय कर्णालीको सिमी र २० मेट्रिक टन भटमास खरिद गर्ने योजना बनाइएको उनले बताए । त्यसैगरी ५० मेट्रिक टन मासको दाल, १०० मुसुरो तथा रहरको दाल, दश हजार लिटर सनफ्लावर तेल तथा १० लाख तोरीको तेल, दशैँलाई लक्षित गरी करीब एक हजार ६०० खसीबोका, एक हजार ४०० च्याङ्ग्रा तथा छ हजार वटा इन्डक्सन चुलो खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए।

कम्पनीले सातै प्रदेशका लागि ३०÷३० हजार तथा केन्द्रमा एक लाख मेट्रिक टन खाद्यान्न गरी ३१० मेट्रिक टन खाद्यान्न राष्ट्रिय सुरक्षा भण्डारण कोषमा मौज्दात राखिने जनाएको छ । यसअघि २५ हजार मेट्रिक टनमात्र खाद्यान्नको मौज्दात राखिएको थियो । सरकारको नीति तथा कार्यक्रममा व्यवस्था भएअनुसार थप मौज्दात राख्ने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *