एनआरएनएद्वारा निर्वाचन समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१।१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् ।

समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) रहेका छन् । त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल (कतार), चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार(अमेरिका) तथा सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहेका सङ्घको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *