सिरहामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सिरहा । सिरहाको सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेका प्रहरीले जनाएको छ ।

स१त ३९७२ नंको ट्याक्टर गएराति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *