स्वदेशमै उत्पादित रेम्डेसिभिर बजारमा

काठमाडाैँ । कोरोना भाइइस सङ्क्रमितका लागि अत्यावश्यक मानिएको रेम्डेसिभिर अब नेपालमै उत्पादन हुन थालेको छ । जटिल अवस्थामा पुगेका सङ्क्रमितलाई प्रयोग गरिने रेम्डेसिभिर नेपालमा पहिलोपटक उत्पादन सुरु भएको हो ।

वीरगञ्जमा रहेको नेसनल हेल्थकेयर प्रालिले रेम्डेसिभिर उत्पादन गरेको छ । सो उत्पादन कम्पनीका कार्यकारी निर्देशक जगदिश रुङ्गटाले हाललाई १५ हजार डोज रेम्डेसिभिर उत्पादन गरेको जानकारी दिए ।

उनले अब रेम्डेसिभिर नेपालमा अभाव नहुने दाबी गर्दै आइतबार औषधि व्यवस्था विभागबाट बजारमा ल्याउनका लागि स्वीकृत पाएको बताए । सोमबारबाट रेम्डेसिभिर नेपाली बजारमा ल्याइएको छ ।

औषधि व्यवस्था विभागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रेम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको थियो ।औषधि व्यव‚था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिर नेपालमा उत्पादन हुन थालेको जानकारी दिए ।

यसको अधिकतम मूल्य तीन हजार पाँच सय रहेको छ । यसअघि कोराेना सङ्क्रमितका लागि रेम्डेसिभिर नपाउँदा नेपालमा ४०/५० हजार रुपियाँसम्म मूल्य तिरेर किन्नुपर्ने बाध्यता रहेकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *